Incident Reports

मतदान गरी फर्कदै गरेका दुईजनालाई मरणासन्न हुने गरी कुटपिट

2013-11-19

Labdev Bhatta डोटी । ०७० मङ्सिर ५ गते लाटामाण्डौ गाविस-६ को जंगलमा लुकिछिपी बसेका सोही गाविस-२ का खेमबहादुर रावल र लोकबहादुर रावलललाई मङ्सिर ४ गते साँझ मतदान गरी फर्कदै गर्दा सोही गाविस-२ का ५० वर्षीय कृष्णबहादुर कठायत र ५२ वर्षीय कृष्णबहादुर महरा चुरोट खाई बसेका समयमा पछाडिबाट आक्रमण गरी घाइते बनाएका थिए । मैले भनेको नमानी नेपाली काङ्ग्रेसमा भोट हाल्ने भन्दै आक्रमण गरेको पीडितहरुले बताए । पीडितहरुमध्ये कृष्णबहादुर कठायतकेा बाँया हात भाँचिनुको साथै कृष्णबहादुर महराको मुख र निधारमा चेाटपटक लागि रगताम्ये भएका छन् । मतपेटीका ओसारी रहेका कारण प्रहरी घट्नास्थलमा पुग्न नसकेको र ५ गते विहान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशव शाहीको नेतृत्वमा घट्नास्थलमा प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक प्रेम चन्दले जानकारी दिए । पीडितहरुले दिएको जानकारीअनुसार आफुमाथि आक्रमण गर्ने नेकपा(एमाले)का कार्यकर्ता रहेका बताएका छन् भने घाइतेहरुले लाटामाण्डौ गाविसमा रहेकेा मतदानस्थलमा बुथ केन्द्र कब्जा गरेका कारण आक्रमण गरेको नेकपा(एमाल) का समानुपातिक उम्मेदवार मन्जु मलासीले बताए । घाइतेहरु दुवै जनाको जिल्ला स्वास्थ्य कार्यालयमा उपचार भईरहेको छ । लवदेव भट्ट

0 Comments

Related Reports