Incident Reports

मुख्यमन्त्रीलाई लक्षित गरी बम विष्फोट

2019-05-29

Karnali, Kalikot, Palata, Ward 9

पलाँता गाउँपालिका–९ मा राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले जेठ १५ गते बम विष्फोट गराएका छन्  । विष्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गणतन्त्र दिवसमा जिल्लास्थित राष्ट्रपति रनिङ शिल्डको उद्घाटन गर्न पलाताको हेलिकप्टरमा थिर्पू पुगेका मुख्यमन्त्री शाहीलाई उक्त पार्टीका कार्यकर्ताले बम विष्फोट गराएको जानकारी आएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्यक्रम उद्घाटन सकेर हेलिकप्टरबाट फर्कनै लाग्दा झण्डै ८ सय मिटर टाढाको दुरीमा बम  विष्फोट गराएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिए ।

बम विष्फोटको घटनामा संलग्न आरोपितको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माले जानकारी दिए ।


कालीबहादुर मल्ल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments