Incident Reports

एमाओवादीका जिल्ला कार्यकर्तालाई काङ्ग्रेस कार्यकर्ताद्वारा कुटपिट l

2013-11-20

B Chamling Rai एमाओवादीका जिल्ला समिती सदस्य मदनकुमार भट्टराईलाई मङ्सिर ५ गते राती मतगणना कार्यमा जाँदै गर्दा नेपाली काङ्ग्रेस निकट तरुण दलका जिल्ला सदस्यहरू राजकुमार लिम्बू र प्रविण लिम्बूले कुटपिट गरी घाइते तुल्याएका छन् । पीडितले मतदगणनामा जिल्लामा नेपाली काङ्ग्रेसले नजित्ने आफ्नो धारण बताएपछि किन काङ्ग्रेसले जित्दैन भनकेा भनि लोकतान्त्रिक चौकमा संघातिक आक्रमण गरेका थिए । आक्रमणबाट पीडितको टाउको र अनुहारमा चोट लागेको थियो । घाइते भट्टराईको उपचार जिल्ला स्वास्थ्य कार्यालयमा भइरहेकोछ । आफ्ना कार्यकर्तालाई कुटपीट गरेकोमा आक्रोस ब्याक्त गर्दै निर्वाचन को मतगणना कार्य बहिस्कार गर्ने एमाओवादीका उम्मेरद्धार दुर्गा प्रसाद चापागाईले बताए । प्रहरीले आरोपीतलाई गिरफ्तार गरी कानूनी कारबाही गर्ने बताएपछि एमाओवादीका निर्वाचन प्रतिनिधिले मतगणना कार्यमा भाग लिएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । डिएम चाम्लीङ राई

0 Comments

Related Reports