Incident Reports

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

2019-05-30

Bagmati, Kathmandu, Tarakeshwor, Ward 11

काठमाडौं, १६ जेठ    कुटपिट गरी हत्या गरेको अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-२ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-११ नेपालटार बस्ने २२ वर्षीय भुवन घर्तिमगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  तार्केश्वर नगरपालिका-११ आनन्दपुरस्थित खाजा घरमा मादक पदार्थ सेवन गरी विवाद हुँदा भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा गम्भीर घाइते भएका सोही स्थान बस्ने २१ वर्षीय सागर विसीको मनमोहन अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै भुवन घर्तिमगरले वियरको बोतलले प्रहार गर्दा घाइते भएका सोही स्थान बस्ने २५ वर्षीय प्रदिप डाँगी र २२ वर्षीय कमल घर्तीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Injured 2
Youth Injured 2
Police website

0 Comments

Related Reports