Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2019-05-29

Lumbini, Rupandehi, Sammarimai, Ward 7

आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सम्मरी गाउँपालिका–७ बेतकुइयाँका ४५ वर्षीय बाबु चमारलाई जेठ १६ गते बेतकुइयाँबाटै गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १५ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाकी आमाले जेठ १६ गते इलाका प्रहरी कार्यालय मर्चवारमा उजुरी दिएकी थिइन् ।

उक्त उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडी बढाइएको इलाका प्रहरी कार्यालय मर्चवारका इन्स्पेक्टर पोषणराज ढकालले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १६ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।


रीमा बिसी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments