Incident Reports

चालु निर्वाचन प्रक्रियालाई पूर्णता दिने प्रमूख आयुक्तको भनाई

2013-11-21

Ramesh Prasad Timalsina ललितपुर । ०७० मङ्सिर ६ गते, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चालु निर्वाचन प्रक्रियालाई पूर्णता दिन निर्वाचन आयोग दृढ रहेको बताएका छन् । निर्वाचन आयोगमा मङ्सिर ६ गते बिहान आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले जनताले स्वस्फुर्त रुपमा व्यक्त गरेको मतदाताको अमूल्य विश्वासलाई परिणामका रुपमा सार्वजनिक गर्ने कार्य स्वच्छ, स्वतन्त्र र विश्वसनीय प्रक्रियाबाट अघि बढाइरहेकोले त्यसमा विश्वस्त रहन आयोग सबैसँग आग्रह गर्दछ भनेका छन् । एकीकृत नेकपा (माओवादी)ले अभिमत र अपेक्षाअनुसार मतगणना प्रक्रिया अघि नबढेको भन्दै निर्वाचनको मतगणना प्रक्रिया स्थगित गर्न माग गरेपछि निर्वाचन आयोगमा पत्रकारसम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सो धारणा राखेका हुन् । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाद्वारा मङ्सिर ६ गते बिहानै जारी विज्ञप्तिमा संविधानसभा निर्वाचनमा विभिन्न षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षाअनुसार जारी मतदान प्रक्रिया अघि बढेको नदेखिएकाले यो प्रक्रिया यहीँ स्थगित गर्न माग गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको जनाइएको थियो । तर निर्वाचन आयोगले भने चालु निर्वाचन प्रक्रियालाई पूर्णता दिन निर्वाचन आयोग दृढ रहेको पत्रकारसम्मेलन गरी जनाएको हो । संविधानसभा निर्वाचनका सबै प्रक्रियामा उत्साहपूर्वक सहभागिता जनाएर मतपेटिका मतगणनास्थलसम्म ल्याउने लगायतका कार्यमा निर्वाचन आयोगलाई सहयोग पुर्‍याएका सबै राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्तालाई धन्यवाद दिँदै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले विधिवत् रुपमा निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरू सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याई मतगणनाको कार्य निर्वाचनसम्बन्धी कानुन र विधिअनुसार भइरहेको स्पष्ट पारेका छन् । 'सम्पूर्ण नागरिक, राजनीतिक दल, आम मतदाता, नागरिक समाज, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक एवम् सम्बद्ध सबै सरोकारवालालाई मतगणनाको पूर्ण परिणाम आउने समयसम्म संयम रहन आयोग हार्दिक अनुरोध गर्दछ ।'-प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने । मतदाताले गोप्य विधिबाट व्यक्त गरेको मतलाई यहाँहरूकै साक्षी किनारामा खोली मतगणना गर्ने कार्य पूर्ण पारदर्शी रुपमा सञ्चालन भइरहेको पनि प्रमुख आयुक्त उप्रेतीले बताए । 'निर्वाचन जनताको अभिमत थाहा पाउने संवैधानिक प्रक्रिया हो, गोप्य मतदानबाट जनताले व्यक्त गरेको अभिमतलाई सम्मान गर्न सबै राजनीतिक दललाई पनि आग्रह गर्दछु ।'-प्रमुख आयुक्त उप्रेतीले आयोगमा आयोजित पत्रकार सम्मेलनमा भने । रमेशप्रसाद तिमल्सिना ललितपुर । ०७० मङ्सिर ६ गते, प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले चालु निर्वाचन प्रक्रियालाई पूर्णता दिन निर्वाचन आयोग दृढ रहेको बताएका छन् । निर्वाचन आयोगमा मङ्सिर ६ गते बिहान आयोजित पत्रकारसम्मेलनमा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले जनताले स्वस्फुर्त रुपमा व्यक्त गरेको मतदाताको अमूल्य विश्वासलाई परिणामका रुपमा सार्वजनिक गर्ने कार्य स्वच्छ, स्वतन्त्र र विश्वसनीय प्रक्रियाबाट अघि बढाइरहेकोले त्यसमा विश्वस्त रहन आयोग सबैसँग आग्रह गर्दछ भनेका छन् । एकीकृत नेकपा (माओवादी)ले अभिमत र अपेक्षाअनुसार मतगणना प्रक्रिया अघि नबढेको भन्दै निर्वाचनको मतगणना प्रक्रिया स्थगित गर्न माग गरेपछि निर्वाचन आयोगमा पत्रकारसम्मेलन गरी प्रमुख निर्वाचन आयुक्त उप्रेतीले सो धारणा राखेका हुन् । एमाओवादीका प्रवक्ता अग्नि सापकोटाद्वारा मङ्सिर ६ गते बिहानै जारी विज्ञप्तिमा संविधानसभा निर्वाचनमा विभिन्न षड्यन्त्र र चलखेलका कारण नेपाली जनताको अभिमत र अपेक्षाअनुसार जारी मतदान प्रक्रिया अघि बढेको नदेखिएकाले यो प्रक्रिया यहीँ स्थगित गर्न माग गर्ने निर्णय पार्टी केन्द्रीय कार्यालयको बैठकले गरेको जनाइएको थियो । तर निर्वाचन आयोगले भने चालु निर्वाचन प्रक्रियालाई पूर्णता दिन निर्वाचन आयोग दृढ रहेको पत्रकारसम्मेलन गरी जनाएको हो । संविधानसभा निर्वाचनका सबै प्रक्रियामा उत्साहपूर्वक सहभागिता जनाएर मतपेटिका मतगणनास्थलसम्म ल्याउने लगायतका कार्यमा निर्वाचन आयोगलाई सहयोग पुर्‍याएका सबै राजनीतिक दल, उम्मेदवार र दलका कार्यकर्तालाई धन्यवाद दिँदै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले विधिवत् रुपमा निर्वाचन सम्पन्न भएपछि मतपेटिकाहरू सम्बन्धित जिल्लाका सदरमुकाममा ल्याई मतगणनाको कार्य निर्वाचनसम्बन्धी कानुन र विधिअनुसार भइरहेको स्पष्ट पारेका छन् । 'सम्पूर्ण नागरिक, राजनीतिक दल, आम मतदाता, नागरिक समाज, सञ्चारकर्मी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक एवम् सम्बद्ध सबै सरोकारवालालाई मतगणनाको पूर्ण परिणाम आउने समयसम्म संयम रहन आयोग हार्दिक अनुरोध गर्दछ ।'-प्रमुख निर्वाचन आयुक्त उप्रेतीले भने । मतदाताले गोप्य विधिबाट व्यक्त गरेको मतलाई यहाँहरूकै साक्षी किनारामा खोली मतगणना गर्ने कार्य पूर्ण पारदर्शी रुपमा सञ्चालन भइरहेको पनि प्रमुख आयुक्त उप्रेतीले बताए । 'निर्वाचन जनताको अभिमत थाहा पाउने संवैधानिक प्रक्रिया हो, गोप्य मतदानबाट जनताले व्यक्त गरेको अभिमतलाई सम्मान गर्न सबै राजनीतिक दललाई पनि आग्रह गर्दछु ।'-प्रमुख आयुक्त उप्रेतीले आयोगमा आयोजित पत्रकार सम्मेलनमा भने । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis