Incident Reports

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

2019-05-27

Madhes, Mahottari, Pipra, Ward 1

पिपरा गाउँपालिका–१ बस्ने २० वर्षीया विमलादेवी यादवको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय पति बलेश्वर यादव र ५५ वर्षीय ससुरा शंकर यादवलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

विमलाका पति, सासू, ससुरा र नन्दहरु मिलेर हत्या गरेको भनी जेठ १५ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा माइती पक्षले दिएको उजुरीका आधारमा उनीहरुलाई गिरफ्तार गरिएको इन्स्पेक्टर विज्ञान बस्नेतले जनाएको छ ।

जेठ १४ गते विमलाको शंकास्पद मृत्यु भएको थियो । उनको शव घर मै पासो लगाई झुन्डिएको अवस्थामा फेला परेको थियो ।

तर, शवलाई हतारहतार दाह संस्कारको लागि तयारी गर्न लागेको बेला छरछिमेकबाट प्रहरीमा खबर भएपछि प्रहरीले शव नियन्त्रणमा लिएको थियो ।

प्रहरीले शवलाई सोही दिन पोष्टमार्टमको लागि जलेश्वर अस्पताल पठाएको थियो भने बिमलाका बुबा कमलेश यादवले छोरी हत्या भएको आरोप लगाई प्रहरीमा किटानी जाहेरी दिएपछि आरोपित पति र ससुरालाई गिरफ्तार गरिएपनि सासू र नन्दहरु फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शव जेठ १४ गते नै पोष्टमार्टमको लागि पठाइए पनि पोष्टमार्टम नगरी शव अस्पतालमा राखिएको मृतकका बुबा कमलेशले बताए ।

उनले भने,–‘पोष्टमार्टम गरेर शवको दाह संस्कार गर्न जिम्मा लगाउन भन्दा आलटाल गर्दै अस्पतालले प्रहरीमा जान र प्रहरीमा जाँदा अस्पतालमा दौडाउने काम भयो ।’

पीडित कमलेशले यस सन्दर्भमा इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहसँग सम्पर्क गरी सहयोग गर्न भने पछि इन्सेकको पहलमा जेठ १६ गते साँझ बल्ल शवको पोष्टमार्टम गरिएको छ ।

तीन वर्ष पहिले छोरीको बिहे गर्दा ५ लाख रुपियाँ नगद, सुनचाँदीलगायत सबै सामान दिए पनि ज्वाईँले मोटरसाइकल माग गर्दै आएको कमलेश यादवले बताए ।

६ जना सन्तान भएकाले जेठी छोरीकै विवाहमा धेरै ऋण गर्न असमर्थ भएर मोटरसाइकल दिन नसकेको उनले बताए ।

‘मोटरसाइकलका नदिएको भनेर कुटपिट गरेको छोरीले भन्दै आएकी थिइन् ।’–उनले भने–‘ज्वाईँ र उनका ससुराले कुटपिट गरिरहन्थे । त्यही कारणले छोरीका हत्या गरेका हुन् ।’

जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर विज्ञान बस्नेतले घटना शंकास्पद रहेको बताए । उनले थप अनुसन्धान र पोष्टमार्टम रिपोर्ट आएपछि वास्तविकता खुल्ने बताए ।


अजयकुमार साह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Related to disputes over dowry
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Local Newspaper - Mahottari

0 Comments