Incident Reports

शाहीलाई प्रहरी हिरासतमा यातना दिएको आरोप

2019-06-01

Karnali, Surkhet, Birendranagar

१९ जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सुर्खेतले साइबर अपराध मुद्दाका पक्राउ गरेका अभियुक्तलाई हिरासतमै यातना दिएको आरोप लागेको छ ।

आफूलाई भ्रष्टाचारविरुद्ध काम गर्ने अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार महासंघ, कर्णाली प्रदेश शाखाका अध्यक्ष दुर्गा थापा र सुर्खेत जिल्ला अध्यक्ष गणेश कञ्चन भारतीले शाहीविरुद्ध उजुरी दिएका थिए । सामाजिक सञ्जालमा पत्रकारविरुद्ध गाली गलौज र बेइज्जती गरेर शाहीले विद्युतीय अपराधको कसुर गरेको उजुरीमा उल्लेख छ ।

उजुरीलगत्तै जिल्ला अदालत, काठमाडौंबाट पक्राउ पूर्जी जारी गरिएको थियो । ‘काठमाडौंबाट पक्राउ गरेर बुझाइदिन अनुरोध गर्दैै पत्र आएपछि नियन्त्रणमा लिएका थियौं’, सुर्खेत प्रहरीका प्रवक्ता डीएसपी प्रदीप क्षेत्री भन्छन्, ‘पक्राउ गरेकै दिन काठमाडौं पठाएका हौं ।’

पक्राउ गरेर यातना दिइयो : शाही

१८ जेठमा सुर्खेतमा आयोजित एक सार्वजनिक कार्यक्रमा शाही सहभागी भएका थिए । काठमाडौंबाट पक्राउ गर्न पत्राचार भएपछि सुर्खेतको प्रहरी टोली उनलाई नियन्त्रणमा लिन त्यहाँ पुगेको थियो ।

शाहीलाई नियन्त्रणमा लिने क्रममा सहभागीले ढुंगामुढा गरे । त्यसक्रममा ५ जना प्रहरी समेत घाइते भएको सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरे बताउँछन् ।

तर, शाही भने आफूलाई सुर्खेत प्रहरी पक्राउ गरेर हिरासतमा राखेर यातना दिएको दाबी गर्छन् ।

‘भ्रष्टाचारविरुद्ध आन्दोलन गर्‍यो भनेर मलाई नांगो खुट्टा सुर्खेतबाट काठमाडौंसम्म ल्यायो’, शाहीले भनेका छन्, ‘नियन्त्रणमा लिने वित्तिकैलाई प्रहरी कार्यालय लगेर २०/२५ मिनेट पिटिएको थियो ।’

यातनापछि आफूलाई उपचार समेत नगराइएको उनले दाबी गरे । काठमाडौं आइपुगेपछि मात्रै आफ्नो उपचार भएको उनले दाबी गरे । उनले खुट्टा र ढाँडमा ढामै ढाम भएको बताउँदै प्रश्न गरेका छन्, ‘म यो देशको नागरिक नै होइन ?’

कर्णाली प्रदेशका प्रहरी प्रमुख डीआईजी महेश विक्रम शाह भने शाहीको दाबी तथ्यहीन र कपोकल्पित भएको दाबी गर्दै पत्रकार सम्मेलन गर्ने तयारी गरेको बताउँछन् । ‘सोमबार मैले कार्यालयमा पत्रकार सम्मेलन गरेर यर्थाथ सार्वजनिक गर्दैछु’, उनले भने ।

केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेल पनि प्रहरीले यातना दिएको कल्पनै गर्न नसकिने बताउँछन् । ‘ज्यान मार्ने उद्योग मुद्दाको व्यक्तिलाई त प्रहरीले यातना दिँदैन भने भ्रष्टाचार विरोध अभियन्तालाई कसरी यातना दिन्छ ?’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलले प्रश्न गरे ।


update.................................................................................................

राष्ट्रिय मानवअधिकार आयोगले ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको बताएको छ ।

पत्रकारलाई गाली गरेको आरोपमा जेठ १५ गते सुर्खेतको खुलामञ्चबाट पक्राउ परेका शाहीलाई प्रहरीले हिरासमा किटपिट गरी घाइते बनाएको खुलेको आयोगको दावी छ । प्रारम्भिक अनुगमनका क्रममा प्रहरीको कुटाइबाट शाहीको खुट्टामा चोट लागेको र उनलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै, शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो ।

शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons Blunt weapon
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments