Incident Reports

मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

2019-06-03

२० वर्षीया युवतीलाई भारतको दिल्लीमा काम लगाइदिन्छु भन्दै ललाइफकाई लैजाँदै गरेको आरोपमा प्रहरीले दुप्चेश्वर गाउँपालिका–६ का २८ वर्षीय सुकुमान तामाङलाई जेठ १६ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले आरोपितविरूद्ध जेठ १७ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचबिखन तथा ओसार पसार कसुरमा उजुरी दिएको छ ।

आरोपितलाई प्रहरीले बेलकोटगढी नपा–५ केउरिनीबाट गिरफ्तार गरेको थियो । पीडित युवतीको भने उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पीडित युवतीको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखन मुद्दामा अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णबहादुर पल्लिमगरले बताए ।

नवदीप श्रेष्ठ

0 Comments