Incident Reports

नेकपा-माओवादीका कार्यकर्ता माथि मुद्दा दायर

2013-11-21

Karnali, Jajarkot, Kuse

Raju Shakya जाजरकोट । ०७० मङ्सिर ६ गते, मतदान केन्द्रमा बम विष्फोटन गराउन लागेको अवस्थामा पक्राउ भएका नेकपा-माओवादीका दुई कार्यकर्ता माथि प्रहरीले मङ्सिर ६ गते मुद्दा दायर गरेको छ । मङ्सिर ४ गते सम्पन्न भएको संविधान सभा सदस्य निर्वाचनका दिन अर्छानी गाविस-३ जनविकास निमावि गौथले मतदान केन्द्रमा बम बिष्फोट गराउन लागेको अवस्थामा पक्राउ भएका सोही गाविस-१ निवासी २४ वर्षीय सुरेन्द्र सिंह र सोही गाविस-७ का २५ वर्षीय अर्जुन सिंहमाथि प्रहरीले जिल्ला प्रशासन कार्यालय जाजरकोटमा हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा दायर गरेको हो । संविधान सभाको निर्वाचनको दिन बिहान करिब ५ बजे सशस्त्र प्रहरीले नेकपा-माओवादीका कार्यकर्तालाई बमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । राजु शाक्य

0 Comments

Related Reports