Incident Reports

विप्लव नेतृत्वको नेकपा सम्बद्ध दुई जना कार्यकर्ता गिरफ्तार

2019-06-02

Madhes, Bara, Nijgadh, Ward 8

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी सङ्गठनका जिल्ला संयोजक कार्यकर्ता कलैया उपमहानगरपालिका-४ का २९ वर्षीय निरजकुमार साह र कोल्हवी नगर कमिटिका सदस्य कोल्हवी नगरपालिका-८ का ३१ वर्षीय काशिनाथ तिमल्सिनालाई जेठ १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

उनीहरूलाई निजगढ नगरपालिका-८ बुद्ध चोकबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रमुख इन्स्पेक्टर विक्रम लामाले बताए ।

चन्दा उठाउन प्रयोग गरिने रसिद, पार्टीको झण्डा, प्रचार पम्पलेट सहित उनीहरूलाई गिरफ्तार गरेको इन्स्पेक्टर लामाले बताए ।

उनीहरूले इलाका प्रहरी कार्यालय निजगढ बाट गस्तिमा खटेको प्रहरीलाई दुर्व्यवहार गरेको लामाले बताए ।

पार्टीमा संलग्न र प्रहरीलाई गालिगलौज र दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको इन्स्पेक्टर लामाले बताए ।


भोलानाथ पौडेल

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC , Local Newspaper - Siraha

0 Comments