Incident Reports

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम विस्फोट, एउटा मोटरसाइकल पूर्ण रुपमा क्षति

2019-06-07

Sudurpashchim, Achham, Turmakhad, Ward 3

अछाम । माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ । शुक्रबार राती आयोजनास्थल भन्दा ४ किलोमिटर पश्चिमतिर रहेको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको हो ।जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीको अनुसार तुर्माखाँद गाउँपालिका–३ असराघाटमा रहेको आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट गराइएको हो । 

स्थानीय दिपक विसीको घरमा एक कोठा भाडामा लिएर आयोजनाले सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको थियो । डीएसपी शाहीले भने, ‘विस्फोटबाट विसीको घरमा सामान्य क्षति पुगेको छ भने एउटा मोटरसाइकल पूर्ण रुपमा क्षति भएको छ ।’विस्फोटबाट भे७प ९६९८ नम्बरको पल्सर मोटरसाइकल पूर्णरुपमा क्षति भएको हो । यतिबेला घटनास्थल वरीपरी शान्ति सुरक्षामा कडाई गरिएको छ । प्रहरीका अनुसार घटना कसले किन गरायो पुष्टि हुन नसकेपनि सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने आशंका गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments