Incident Reports

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-06-05

Bagmati, Dhading, Gajuri, Ward 1

गजुरी गाउँपालिका–१ उज्यालो गाउँकी २७ वर्षीया पार्वती परियारलाई ३६ वर्षीया जेठानी शान्ति परियार, जेठानीकी दुई छोरीहरू १९ वर्षीया गीता परियार र १४ वर्षीया सङ्गिता परियारले कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा पीडितले जिल्ला प्रहरी कार्यालय धादिङमा जेठ २३ गते उजुरी दर्ता गराएकी छिन् ।

पीडित महिलालाई आरोपित जेठानीले जेठ २२ गते काथित बोक्सीको आरोप लगाउँदै बोक्सी भएर  आफ्नो दुवै छोरीहरूको मुटु खाएर बिरामी बनाएको र आफ्नो पतिलाई समेत खाएको भन्ने आरोप लगाउँदै छोरीहरूसमेत लगाएर कुटपिट गरी पीडितको शरीरमा टोकेर घाउ समेत बनाएको भन्दै पीडित पक्षले आरोपितहरू विरूद्ध जेठ २२ गते इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिए ।

उक्त उजुरीको आधारमा इलाका प्रहरीले आरोपितहरूलाई झिकाई दुवै पक्षबीच छलफल गराई पीडितलाई जबरजस्ती मिलापत्र गर्न दबाब दिएपछि पीडितले न्यायका लागि जेठ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोले घटनासम्बन्धी अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार बैदवारले बताए ।

कुटपिटबाट घाइते भएकी पीडित महिलाको उपचार जेठ २२ गते गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको प्रहरीले बतायो ।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments