Incident Reports

सासू, ससुराको कुटपिटबाट गर्भपतन

2019-06-02

Madhes, Saptari, Rupani, Ward 2

रूपनी गाउँपालिका–२ की २५ वर्षीया मञ्जुकुमारी मण्डल (खङ्ग) लाई उनकी ४४ वर्षीया सासू बचियादेवी मण्डल, ससुरा ४५ वर्षीय शम्भु मण्डल, निजका दाजु ६० वर्षीया बिन्दा भनिने बिन्देश्वर मण्डल, निजकी पत्नी ५५ वर्षीया पनियादेवी मण्डल र देउरानी २४ वर्षीया रूबीदेवी मण्डलले कुटपिट गरी गर्भपतन गराएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा जेठ २३ गते उजुरी दिएकी छिन् ।

पति सुरेन्द्र मण्डलसँग जिल्ला प्रहरी कार्यालय आएकी पीडितले घर आँगनमा प्रवेश गरी आरोपितहरूले जेठ १९ गते लात, मुक्का, लाठीले कुटपिट गर्दा दुई महिनाको गर्भपतन भएको बताइन् ।

कुटपिटबाट घाइते भएकी पीडितलाई गाउँलेहरूले जोगाए पनि कुटपिटकै कारण गर्भपतन भएको भन्दै पीडितले आरोपितहरू माथि कारवाहीको माग गरेकी छिन् ।

पीडितका पति सुरेन्द्र मण्डल काठमाडौँमा राज मिस्त्रीको काम गर्दै आएका छन् । घटनापछि घर फर्किएका सुरेन्द्रले स्वास्थ्य जाँच परीक्षण गराउँदा गर्भपतन भएको देखिएपछि कारवाहीका लागि प्रहरी समक्ष आएको बताए ।

जिल्ला प्रहरी कार्यालयले जेठ १९ गते पीडितको स्वास्थ्य परीक्षण र घाउजाँचका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको जनाएको छ ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments