Incident Reports

वित्तीय सङ्घसंस्थाका गतिविधि बन्द गर्न विप्लव नेतृत्वको नेकपाको धम्की

2019-06-07

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लामा सञ्चालन र कारोवार गरिरहेका वित्तीय तथा लघुवित्तीय सङ्घ–संस्थाको कारोवार बन्द गर्न जेठ २४ गते धम्की दिएको छ ।

सो पार्टी निकट लिम्बूवान स्वायत्त जिल्ला जनपरिषद्ले जेठ २४ गते विज्ञप्ति जारी गर्दै जिल्लामा सञ्चालनमा रहेका सङ्घ संस्थाका गतिविधि बन्द गर्न यस्तो धम्की दिएको हो ।

जनपरिषद् नेपाल धनकुटाका प्रमुख अज्ञातद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘वर्तमान सरकारले देशमा दलाल, भ्रष्टाचार, सदुखोर माफिया, कालोबजारीलाई मलजल गरेको’ उल्लेख गरिएको छ ।

सरकार सामाजिक दलालीसँग मिलेर कमिशनमा जनताको रगतपसिनालाई भागबण्डा लगाउने, जनतालाई विस्थापित गराउने कार्यमा अघि बढेकाले जनताबाट त्यसको विरोध गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।



ईश्वर थापा

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
INSEC

0 Comments