Incident Reports

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

2019-05-31

Bagmati, Kabhrepalanchok, Bhumlu, Ward 1

भुम्लु गाउँपालिका–१ सापिङकी १७ वर्षीया सविना पन्तलाई खाना नपकाएको भनी चिर्पट प्रहार गरी टाउको फुटाएको आरोपमा प्रहरीले २१ वर्षीय पति रुपक पन्तलाई जेठ २४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई जेठ १७ गते राति घरायसी झगडापछि भोकै सुतेकी सविनालाई गाउँ घुमेर फर्किएका पति रूपकले चिर्पटले टाउकोमा प्रहार गर्दा टाउको फुटेर बेहोस भएकी थिइन ।

घटनापछि सोही दिन स्थानीयले पीडितको उद्दार गरी उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना गरेका थिए ।

पीडितको टाउकोमा आठ ओटा टाँका लगाइएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि पीडितले जेठ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी हुन् ।

१५ वर्षको उमेरमा नै प्रेम विवाह गरेकी पीडितको एक छोरी रहेकी छन् । पीडितको घाउजाँच जेठ २४ गते नै जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलमा गरिएको छ ।


भोजराज तिमल्सिना

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments