Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-12-12

Nepal

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका-६ का ३३ वर्षीय लालबहादुर रानामगरलाई जेठ २६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०७५ मङ्सिर २६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जेठ २६ गते उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा आरोपित लालबहादुरलाई इलाका प्रहरी कार्यालय, बुलिङटारले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय चलान गरेको जिल्ला प्रहरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का इन्स्पेक्टर राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २७ गते भरतपुर स्थित चितवन जिल्ला अस्पतालमा गरिने प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments