Incident Reports

एमालेद्वारा विद्यालयमा चुनावी सभा निर्वाचन आचारसंहिता उल्लङ्घन l

2013-10-11

Gandaki, Lamjung, Sundarbazar

Prakash Chandra Bhattarai तनहुँ । ०७० असोज २६ गते, निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्दै नेकपा एमालेले विद्यालयमा चुनावी सभा सम्पन्न गरेको छ । नेकपा एमाले जामुने गाउँ कमिटीले असोज २५ गते तनहुँ क्षेत्र नम्बर २ का एमाले उमेदवार कृष्णकुमार श्रेष्ठ (किसान) को चुनावी प्रचारप्रसारको क्रममा जामुने गाविस स्थित राधा उच्च माविको प्राङ्णमा चुनावी सभा सम्पन्न गरेको हो । एमाले क्षेत्र नम्बर २ ले चुनावी अभियान सुरुगरेपछि उम्मेदवार श्रेष्ठ विभिन्न गाविसमा जनतासँग भेटघाट गर्ने अभियानमा सक्रिय भएका छन् । सोही क्रममा जामुनेमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रम र चुनावी सभा विद्यालयको परिसरमा आयोजना गरिएको थियो । सो सभामा एमाले उम्मेदवार श्रेष्ठ, एमाले जिल्ला उपाध्यक्ष श्रीप्रसाद श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अन्तर्गत जुलुस तथा आमसभा सम्बन्धी आचरणको ३५ नम्बर बुँदामा विद्यालय र विद्यालय हाता भित्र आमसभा र माईकिङ गर्न नपाईने उल्लेख गरिएको छ । प्रकाशचन्द्र भट्टराई

0 Comments

Related Reports
Related Trend Analysis