Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2019-06-08

Province 1, Terhathum, Chhathar, Ward 2

तेह्रथुम, २९ जेठ     १७ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका-२ हमरजुङ बस्ने ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय पदम रसाईली, १५ वर्षीय बिशान लिम्बु र १५ वर्षीय सुदिप रुचाल रहेका छन् । गत शनिबार बालिकालाई शुक्रबारेबाट हमरजुङ जाने बाटोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments