Incident Reports

अपरिचित समूहद्वारा वडा कार्यालयको सामग्री जलाइयो

2019-06-12

Karnali, Jajarkot, Tribeni Nalagad, Ward 10

अपरिचित समूहले आगो लगाएर जाजरकोट नलगाड नगरपालिका-१० रावतगाउँमा रहेको वडा कार्यालयका कागजात, फर्निचर तथा प्राविधिक सामाग्री जलाएर नष्ट गरिदिएको छ।

मंगलबार राति ८/9 जनाको समूहमा आएका अपरिचित व्यक्तिको समूहले कार्यालयको ढोका फोरेर सबै सामग्री आँगनमा ल्याएर आगो लगाइदिएको वडाध्यक्ष भद्रबहादुर ध्यारले जानकारी दिए।

कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर उनीहरुले कार्यालयभित्र रहेका महत्वपूर्ण कागजात, क्यामेरा, कम्प्युटर, सोफा सेट, टेवल, मोबाइल, दराज, कुर्सीलगायतका समाग्री जलाइदिएको उनले बताए। आगो लगाउनेमध्ये एकजनाले सटगन जस्तो हतियार बोकेको पनि वडाध्यक्ष ध्यारको भनाई छ।

विप्लव नेतृत्वको नेकपाका कार्याकर्ताले वडा कार्यालय जलाएको हुनसक्ने स्थानीय प्रशासन र स्थानीय बासिन्दाको आशंका छ। प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले विप्लवका कार्यकर्ताका केही महिनायताका गतिविधिले उनीहरुलाई पनि शंका गर्ने ठाउँ रहेको बताए। उनले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताए।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी श्यामबहादुर खत्रीले वडा कार्यालयमा आगो लगाउनेको पहिचान हुन नसकेको बताए। स्थानीय प्रत्यक्षदर्शीले आगो लगाउनेलाई चिन्न नसकेका कारण दोषी पत्ता लगाउन समस्या परेको उनले बताए।

कार्यालय सहयोगीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला सदरमुकाम झिकाइएको डीएसपी खत्रीले बताए। जिल्लाको दुर्गम स्थानमा रहेको उक्त वडा कार्यालय प्रहरी चौकी रग्दादेखि डेढ घन्टाको पैदल दूरीमा रहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments