Incident Reports

निर्वाचन कार्यालयद्वारा पाँच दलका उम्मेदवारलाई सचेत l

2013-10-10

Binod Pandey बाँके । ०७० असोज २४ गते, निर्वाचन अधिकृतको कार्यालयले चाँर्डपर्वको शुभकामनाको नाममा निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्न असोज २३ गते पाँच राजनीतिक दलहरूलाई सचेत गराएको छ । निर्वाचन अधिकृतको कार्यालयले नेकपा एमाले, तराई मधेस सद्भावना पार्टी, शिव सेना नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मधेस समाज पार्टीका उम्मेदवारहरूलाई सचेत गराएको निर्वाचन सुचना अधिकृत ओमप्रसाद देवकोटाले बताए । उनले निर्देशन नमान्ने उम्मेदवारहरूलाई निर्वाचन आयोग ऐन २०६३ अनुसार कारवाही गरिने पनि बताए । तराइ मधेस लोकतान्त्रिक पार्टी क्षेत्र नम्बर ४ का उम्मेदवार हलिम खाँले आफूहरूले शुभकामना ब्यानर लगाएको भए पनि निर्वाचन कार्यालयले बोलाएर सचेत गराएपछि तुरुन्तै पार्टीको नाम र उम्मेदवारको नाम हटाएको बताए । राजनीतिक दल तथा उम्मेदवारका आफन्तहरूले हिन्दु तथा मुस्लीम समुदायको चाँर्डपर्वको शुभकामनाको नाममा आचारसंहिताको उल्लङ्घन गरेका हुन् । त्रिभुवन चोक बीपि चोक न्युरोड, पासाङल्हामु मार्गमा उम्मेदवारको फोटो सहितको ब्यानर र प्लाष्टिकका फ्ल्यास कार्डहरू राखिएका छन् । रिक्सा र टाँगाहरूमा दलहरूका झण्डासमेत लगाइएको छ । विनोद पाण्डे

0 Comments