Incident Reports

उम्मेदवारमाथि गोली प्रहार घटनाको प्रहरीद्वारा अनुसन्धान सुरुl

2013-10-05

Nepal

४ बाट एमाले उम्मेदवार बनेका ५० वर्षीय महमुद आलममाथि गोली हानेको जिम्मेवारी लिएका भुमिगत संगठन र तीनका अध्यक्षमाथि प्रहरीले छानबिन सुरु गरिएको छ । चुनावमा भाग लिएकाले भौतिक कारबाही स्वरुप गोली हानिएको भन्दै मधेस मुक्ति टार्इगर्स (तराई) का तर्फबाट अध्यक्ष राजनप्रताप र तराई जनतान्त्रिक पार्टी (मधेस) तर्फबाट अध्यक्ष अर्जुन सिंहले घटनाको जिम्मेवारी लिएको समाचारहरु सञ्चारमाध्यममा आइरहेकाले उनीहरुमाथि छानबिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी दिनेश भट्टराइले बताए । घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयबाट 'सीआईबी' का विशेष प्रहरी टोली समेत बारा आइपुगेको छ । आलममाथि असोज १८ गते दुई जनाको नाकाबधारी अज्ञात समूहले भारतीय नम्बरको मोटरसाइकलमा आई टाउकोमा गोली प्रहार गरेको थियो । उनको चिन्ताजनक अवस्थामा काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports