Incident Reports

आचारसंहिता उल्लङ्घन हुने गरी प्रचारप्रसार गर्न रोक l

2013-10-08

Bagmati, Lalitpur, Godawari

Ramesh Prasad Timalsina ललितपुर । ०७० असोज २२ गते, निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन हुने गरी निर्वाचन प्रचारप्रसार गर्ने उद्देश्यले राजनीतिक झन्डा वा निर्वाचन चिहृन छापिएको टोपी, टिर्सट, झोला, कलमलगायतका कुनै पनि सामग्री प्रयोग गर्न रोक लगाएको छ । आयोगले असोज २२ गते प्रेस विज्ञप्ति प्रकाशन गरी निर्वाचन प्रचारप्रसारको सिलसिलामा निर्वाचन चिन्ह अङ्कित त्यस्ता सामग्री प्रकाशन गरी प्रचारप्रसार गर्न रोक लगाएको हो । दसैँ, तिहार, छठजस्ता अवसरमा पनि राजनीतिक दल, उम्मेदवार, राजनीतिक दलसँग सम्बन्धित व्यक्ति, राजनीतिक दलको भातृ संगठन तथा पदाधिकारीसमेतले जलपान, भोजभतेर जस्ता कार्यक्रम नगर्न आयोगले विज्ञप्तिमार्फत आग्रह गरेको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis