Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-03-12

Sudurpashchim, Darchula, Mahakali, Ward 2

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महाकाली नगरपालिका–२ का २० वर्षीय महेश दमाईलाई प्रहरीले जेठ ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ फागुन २८ गते बलात्कार गरेको भन्दै चैत २ गते उजुरी परेपछि प्रहरीले दमाईलाई गिरफ्तार गरेको हो ।

जबरजस्ती करणी गरी फरार रहेका दमाईलाई विशेष सुराकीको अधारमा प्रहरीले घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मतबहादुर बोहराले जानकारी दिए । तीन महिनासम्म फरार रहँदै आएका दमाई घर आएको बेला गिरफ्तारीमा परेका हुन् ।

उनलाई प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरी टोलीले गिरफ्तार गरेको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १ गते गरिएको थियो ।


नरेन्द्रसिंह कार्की

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments