Incident Reports

निर्वाचनका खटिएका कर्मचारी घाइते अवस्थामा भेटिए l

2013-11-21

२ को लोकन्थली उपस्वास्थ्य चौकीमा मतदान अधिकृतमा खटिएका कर्मचारी वकिल झा मङ्सिर ५ गते घाइते अवस्थामा भेटिएपछि उपचारार्थ न्यूरो अस्पताल काठमाडौँमा भर्ना गरिएको छ । जिल्ला निर्वाचन अधिकृत लेखनाथ ढकालले मङ्सिर ६ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिइभिटी) सानोठिमीमा उप निर्देशक पदमा कार्यरत वकिल झा अवस्था गम्भीर रहेकोले घटनाको छानविन गरी सत्य तथ्य पत्ता लगाउन तथा सम्पूर्ण उपचार खर्च नेपाल सरकारले गर्नको लागि अनुरोध गरेका छन् । झा मङ्सिर ४ गते निर्वाचन कार्य सम्पन्न गराई मतपेटिका मत गणनास्थल पुर्‍याई घर गएका थिए । तर, उनी ५ गते विहान लोकन्थली मनहरा खोल किनारमा कुटपिट गरी घाइते भई बेहोस अवस्थामा फेला परेका थिए । रोशनराज अर्याल

0 Comments

Related Reports
Related Trend Analysis