Incident Reports

एमाओवादी आक्रमणमा दुई जना एमाले कार्यकर्ता घाइते l

2013-11-01

Bagmati, Dhading, Benighat Rorang

Sitaram Adhikari धादिङ । ०७० कात्तिक १६ गते, एमाओवादी कार्यकर्ताको आक्रमणबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन् । सो घटनामा प्रहरीको लाठीले प्रहारबाट एक जना माओवादी कार्यकर्ता घाइते भएका छन् । गोरखाको घरदैलो कार्यक्रम पछि कात्तिक १५ गते राती मोटरसाइकललमा पेट्रोल हाल्नका लागि धादिङको जोगिमारा आइपुगेको बेला जोगिमारा गाविस-९ मझिमटारमा एमाओवादी कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका थिए । लठ्ठी लिएर आएका माओवादी कार्यकर्ताले एमालेको झण्डा भएको मोटरसाइकलामा सवारहरूलाई एक्कासी आक्रमण गरिएको थियो । आक्रमणमा गोरखा जिल्ला घ्यालचोक गाविस निवासी एमाले कार्यकर्ता दिनेश नेपाली र विवेक रेग्मी घाइते भएका छन् । घटनाको जानकारी पाएर घटनास्थल पुगेको प्रहरी टोलीले लाठी प्रहार गर्दा एमाओवादी कार्यकर्ता जोगिमारा गाविस-९ निवासी कृष्ण डल्लाकोटी घाइते भएका हुन् । घाइतेहरूको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको छ । यसैबीच, एमालेले कात्तिक १६ गते एक विज्ञप्ति प्रकाशन गरी आफ्ना कार्यकर्तालाई राजनीतिक आस्थाको आधारमा काङ्ग्रेस कार्यकर्ताले कुटपिट गरेको आरोपमा कारबाहीको माग माग गरेको छ । कल्लेरी गाविस-६ बसेरी निवासी एमाले कार्यकर्ता ६५ वर्षीय नाउबहादुर दर्लामी मगरलाई कात्तिक १४ गते साँझ नेपाली काग्रेस कार्यकर्ताले साङ्घातिक हमला गर्दा घाइते भएका थिए । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार हुन नसकी काठमाडौँ स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis