Incident Reports

कटुवा पेस्तोल सहित ५ जना पक्राउ

2019-06-18

Lumbini, Rupandehi, Sainamaina, Ward 5

रुपन्देही, ३१ जेठ    सैनामैना नगरपालिका-५ बुद्धनगरबाट कटुवा पेस्तोल १ थान र सोको गोली १ थान सहित ५ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सैनामैना नगरपालिका-६ बस्ने २० वर्षीय अर्जुन मुसहर, २० वर्षीय सुरज दर्जी, २२ वर्षीय मनिस परियार, २९ वर्षीय सालिकराम सुबेदी र १८ वर्षीय प्रदिप मुसहर रहेका छन् । ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्ने क्रममा उक्त हतियार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।     यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments