Incident Reports

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

2019-06-18

Karnali, Salyan, Chhatreshwori, Ward 3

दाङ : सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। मुलखोलामा रहेको वडा कार्यायलयमा आगजनी गरिएको सल्यान प्रहरीले जनाएको छ। आगलागीका कारण ३ नम्बर वडा कार्यालय पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लुहामले बताएको छ।

दुई वटा कोठामा रहेको वडा कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। कागजातसँगै ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल, कुर्सी, कार्पेटजस्ता सामान जलेर नष्ट भएको वडाध्यक्ष राजबहादुर बुढाथोकीले जानकारी दिए।

कार्यालयको प्रशासन कक्ष र प्राविधिक कक्ष दुवैमा रहेका सामान जलेर नष्ट भएका छन्। आगलागी भएको थाहा पाएपछि स्थानीय वासिन्दाले राति नै आगो निभाउने प्रयास गरेका थिए।आगलागी सोमबार राति भएको थियो। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people N
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media , INSEC

0 Comments

Related Reports