Incident Reports

क्याम्पसको कक्षाकोठामा प्रवेश गरी कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2019-06-15

Province 1, Udayapur, Chaudandigadhi, Ward 6

चौदण्डीगढी नगरपालिका–६ स्थित ज्योति बहुमूखी क्याम्पस बेल्टारमा अध्ययनरत सोही नपा–७ का २२ वर्षीय अजय राईलाई व्यक्तिगत रिसइबी साँध्न असार १ गते क्याम्पसकै कक्षाकोठाभित्र प्रवेश गरी कुटपिट गरेको आरोपमा चौदण्डीगढी नपा–२ का २० वर्षीया रमिला बस्नेत, त्रियुगा नपा–१० का २७ वर्षीय चित्र कार्की र त्रियुगा नपा–११ का २७ वर्षीय देवराज राईविरूद्ध पीडित पक्षले असार २ गते प्रहरीमा उजुरी दिएको छ ।

क्याम्पस हाताभित्र प्रवेश गरी विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा तीन जना विरूद्घ असार २ गते सार्वजनिक अपराध शीर्षकमा उजुरी दर्ता गरी कारवाही अघि बढाएको इलाका प्रहरी कार्यालय वेल्टारका इन्स्पेक्टर गङ्गा पौडेलले बताए ।

पीडितले असार १ गते घटना भएकै दिन उजुरी दिएको र आरोपितहरूलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान अघि बढाएकामा सार्वजनिक क्षेत्रमा वारदात गरेकाले मुद्दा दर्ता गरी कानुनी कारवाही अघि बढाइएको इन्स्पेक्टर पौडेलको भनाई छ ।


भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments

Related Reports