Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2019-06-14

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५० वर्षीय बाबुलाई असार २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७५ चैत ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले ०७६ जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा उजुरी दिएको थियो ।

घटना पश्चात् फरार आरोपितलाई पीडित पक्षको उजुरीको आधारमा गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते नै जिल्ला अस्पताल, स्याङ्जामा गरिएको प्रहरीले जनाएको छ ।

हिमलाल पराजुली

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments