Incident Reports

माग सम्बोधन नभएको आरोप लगाउँदै विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

2019-06-18

Province 1, Morang, Biratnagar

विद्यार्थीको माग सम्बोधन गर्न छोडेर लामोसमय क्याम्पस विदा गरिएको भन्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) क्याम्पसमा विद्यार्थीले असार ३ गते तोडफोड गरेका छन् ।

क्याम्पसमा इन्जिनियरिङ अध्ययन सकेका र अध्ययनरत विद्यार्थीले क्याम्पस प्रशासनको लापर्वाहीका कारण इन्जिनियरिङ काउन्सिलबाट मान्यता नपाएको भन्दै तोडफोड गरेका हुन् ।

क्याम्पस प्रशासनले असार ३१ गतेसम्म लामो बिदा गरिएको सूचना टाँस गरेलगतै विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासन, लेखा र भण्डारमा तोडफोड गरेकाथिए ।

तोडफोडपछि क्याम्पस प्रमुख मनोज हलुवाईको कार्यकक्षमा रहेको सोफा, दराजलगायतका सामानलाई बाहिर निकालेर आगजनी समेत गरेका छन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थी नविन निरौलाले बारम्बार आफ्ना मागको सुनुवाइ गर्नका लागि प्रशासनमा आग्रह गर्दा मौन बसेको र परीक्षा फारम खुलेपछि लामो समय क्याप्पस बन्द गरेका कारण आन्दोलन गर्न बाध्य भएको बताए ।

अखिल नेपाल विद्यार्थी यूनियनका मोरङ अध्यक्ष गोकर्ण घिमिरेले क्याम्पस प्रशासनले समयमै ध्यान नदिँदा विद्यार्थीले धैर्य टुटाउँदै तोडफोडमा जानुपर्ने बाध्यता आइपरेकाले सरकारले गम्भीर भएर समस्या समाधान गर्नुपर्ने बताए ।

पुसेट क्याम्पसका प्रमुख मनोज हलुवाईले अध्ययन पूरा गरेका सिभिल र मेकानिकल इञ्जिनियरिङका विद्यार्थीले इन्जिनियरिङ काउन्सिलमा दर्ता हुनुपर्ने माग गर्दै आएकोमा क्याम्पसले काउन्सिलमार्फत पहल गरिरहेको भएपनि मन्त्रिपरिषद्को निर्णय पर्खनुपर्ने बाध्यताका कारण समस्या भएको बताए ।

पूर्वाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस पुसेटमा सिभिल इन्जिनियरिङतर्फ ४८ जनाको मात्रै कोटा रहेको थियो ।

विश्वविद्यालयले कोटा बढाएर ९६ पुर्‍याएपछि इञ्जिनियरिङ काउन्सिलले क्याम्पसको मापदण्ड नपुगेको बताउँदै मान्यता दिन अस्वीकार गरेको छ ।


इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Arson
Weapons Blunt weapon , Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
INSEC , Local Newspaper - Morang

0 Comments