Incident Reports

युवतीमाथि शृंखलाबद्ध प्रहार

2019-06-20

Bagmati, Kathmandu, Kathmandu

 तीन दिनअघि पकनाजोलकी एक युवती घरबाहिर निस्केकी थिइन्। मोटरसाइलमा आएका युवाले उनलाई पछाडीबाट ढाडमा तिखो वस्तुले घोचेर भागे। उनले न युवा देखिन् न त घोचेको कुरा नै देखिन्।

सोही दिन पकनाजोलमै अर्की युवतीलाई पनि मोटरसाइकलमै आएका युवाले पछाडीबाट प्रहार गरेर भागे। उनी आत्तिएर घर पुगिन्। घोचेको ठाउँमा खास घाउ नदेखिए पनि दुखाइ भने पीडादायी थियो। ती मध्ये एउटी युवतीको ढाडमा र अर्कीको कोखमा घोचिएको थियो। ती युवतीको उमेर २० देखि २१ वर्षको छ। त्यसरी घोच्न आउने युवाहरु २५ वर्षभित्रकै रहेको प्रहरीको अनुमान छ। हालसम्म चार युवतीमाथि त्यसरी प्रहार भएको छ। एकजनालाई डल्लुमा र दुईजनालाई पकनाजोल क्षेत्रमा आक्रमण गरिएको हो। चारजना मध्ये डल्लुमा डेढ महिनाअघि र पकनाजोलमा तीन दिन अघि प्रहार भएको थियो।

पीडितले प्रहरीमा उजुरी दिएपछि प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। सबै घटनामा पीडित युवती र पीडक युवा भएको देखिएको छ। प्रहरीको अनुमानमा लागूपदार्थ सेवन गरेका, मानसिक रुपमा अशान्त वा प्रतिशोध लिने भावनाले ग्रसित भएकाले यस्तो गरेको हुनसक्छ। ‘पीडकलाई पक्राउ नगरेसम्म घटनाको विषयमा यकिन भन्न सकिँदैन,’ महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने।

यस्तै प्रकृतिको प्रहारमा परेका चार जना युवती उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे। अस्पतालका अनुसार डेढ महिनाको अवधिमा चार जना महिला उपचारका लागि अस्पताल पुगेका छन्। जसअनुसार पहिलो दुई जना डेढ महिनाअघि डल्लु क्षेत्रबाट आएका थिए भने दुईजना तीन दिन अघि मात्र पुगेका हुन्।

अस्पतालले उनीहरुमाथि आक्रमण भएकाले मानसिक रोगी या लागूपदार्थ सेवनकर्ताले रोग सार्ने सोचले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ। घटना असमान्य भएकाले सरुवा रोग सर्नसक्ने सम्भावनालाई ध्यानमा राखी अस्पतालले सुईबाट सर्ने सरुवा रोगविरुद्धको औषधि चलाएको छ। प्रहारमा परेका महिलाहरुलाई एचआइभी संक्रमणविरुद्ध, हेपाटाइटिस बि र सि विरुद्धको औषधि दिइएको अस्पतालका प्रवक्ता तथा सरुवा रोग विशेषज्ञ अनुपराज बास्तोलाले बताए।

युवतीमाथि भएको प्रहारको विषयलाई लिएर अस्पतालमा मंगलबार बैठक बसेको थियो। सो बारे बताउँदै अस्पताल निर्देशक डा. वासुदेव पाण्डेले भने, ‘सुई हान्ने फरकफरक मान्छे हुँदा ग्यांङ जस्तो देखिन्छ। बैठकको क्रममा चिकित्सकहरुले कुनै मानसिक रोगीले आक्रमण गरेको हुनसक्ने अनुमान छ। सिरिन्ज हो कि भन्ने पुष्टी भएको छैन। कुनै उद्देश्यले हुन सक्छ भनेर हामीले जोखिम रोगविरुद्धमा औषधि चलाएका हौं।’ उनीहरुलाई अस्पतालले २८ दिनपछि पुनः जाँचमा आउन निर्देशन दिएको छ।

डेढ महिनाअघि एक युवती आउँदा चिकित्सकले कुनै शंका गरेनन्। पालैसँग चार जना युवती उपचारका लागि अस्पताल पुगेपछि घटनालाई सतर्कताका साथ हेर्न थालिएको छ। यस्तो घटना भएको आफूले पहिलो पटक थाहा पाएको बताउँदै बास्तोलाले सुई या काँटी केले प्रहार गरिएको ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 4
Female Injured 4
National/Online Media

0 Comments