Incident Reports

त्रियुगा नगरपालिका परिसरमा शंकास्पद प्रेसर कुकर

2019-06-21

Province 1, Udayapur, Triyuga, Ward 11

उदयपुरको सदरमुकाम गाइघाटस्थित त्रियुगानगरपालिका कार्यलय परिसरमा शंकास्पद प्रेसर कुकर फेला परेको छ । शुक्रबार बिहान त्रियुगा नगरपालिका-११ मा रहेको कार्यालय परिसरमा सरसफाइ गर्ने क्रममा झोलाभित्र प्रेसर कुकर देखिएपछि प्रहरिलाइ खबर गरियको थियो।

शंकास्पद वस्तु फेला परेलगतै प्रहरिले कार्यालाय परिसर घेरा हालेको प्रमुख जिल्ला अधिकारी ध्रुबहादुर खड्काले बताए । शंकास्पद वस्तुको पहिचार र निस्क्रिय पार्नका लागि   नेपाली सेनाको १८ नम्बर बाहिनीबाट सेनाको टोली खटिएको प्रजिअ खड्काले जानकारी दिए। 

उनले सेनाको टोली पुगेपछि मात्रै शंकास्पद वस्तु केहो ? भनी पहिचारन हुने उनको भनाइ छ।  तर्साउने उद्देश्यले शंकास्पद वस्तु राखिएको हुनसक्ने खड्काले बताए । पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गतिबिधि बढिरहेकाले सोही पार्टीले प्रेसर कुकरमा शंकास्पद वस्तु राखेको हुनसक्ने आशंका प्रजिअको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Morang , Local Newspaper - Jhapa

0 Comments