Incident Reports

मोबाइलको विषयमा विवाद हुँदा पेटमा चक्कु प्रहार गरी युवकको हत्या प्रयास, आन्द्रा समेत काटियो

2019-06-20

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं । बिहीबार दिउँसो १२ बजे जडीबुटीमा दोलखा घर भएका २४ वर्षीय सुभाष बुढाथोकीमाथि चक्कु प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दोलखा घर भई जडीबुटी बस्दै आएका डिम्पल घिसिङ र सिनामगंल घर भएका आशिष बयालकोटीलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख एलिजा गिरीको कमाण्डमा खटिएको टोलीले दिउँसो ४ बजेतिर लोकन्थलीबाट पक्राउ गरेको हो । मोबाइलको विषयलाई लिएर विवाद हुँदा उनीहरुले बुढाथोकीलाई चक्कु प्रहार गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको कोटेश्वरकी प्रमुख इन्सपेक्टर गिरीले रातोपाटीलाई जानकारी दिइन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएका बुढाथोकीको पेटको आन्द्रा समेत काटिएको प्रहरीले जनाएको छ । घटनालगत्तै बुढाथोकीलाई सहयात्री अस्पतालमा सामान्य उपचारपछि वीर अस्पतालमा रिफर गरिएको थियो । बुढाथोकीको अप्रेशन गर्नुपर्ने भएकार कारण वीर अस्पतालले पनि बुढाथोकीलाई अहिले टिचिङ अस्पताल रिफर गर्ने तयारीमा छ । घटना भएलगत्तै महानगरीय प्रहरी परिसर टेकु, महानगरीय अपराध महाशाखा र कोटेश्वरको प्रहरी टोली उनीहरुको खोजीकार्यमा परिचालन भएको थियो । ४ घण्टाको प्रयासपछि उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । प्रहरीका अनुसार तीनै जना पकेटमार रहेको खुल्न आएको छ । यसअघि पनि उनीहरु पकेटमारी गरेको आरोपमा पक्राउ पर्दै छुट्दै आएको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports