Incident Reports

ट्याक्सी तोडफोड तथा कुटपिटमा संलग्न पक्राउ

2019-06-21

Bagmati, Kathmandu, Kathmandu, Ward 15

 काठमाडौं, ७ असार    काठमाडौं महानगरपालिका-१५ स्वयम्भू कारखानाचोकस्थित सडकमा बा.२ ज २९९ नम्बर र बा.१ ज८६१० नम्बरका ट्याक्सी तोडफोड तथा चालकलाई कुटपिट गरेको अभियोगमा २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे घर भएका ३९ वर्षीय नारायण तामाङ र काठमाडौं बनस्थली बस्ने नुवाकोट सूर्यगढी गाउँपालिका-५ घर भएका २५ वर्षीय श्याम कुँवर रहेका छन् ।  

 मादक पदार्थ सेवन गरेका व्यक्तिहरुले ट्याक्सी तोडफोड तथा बा.२ ज २९९ नम्बरको ट्याक्सी चालक चन्द्रागिरी नगरपालिका-१४ तिनथाना बस्ने सिन्धुलीका २८ वर्षीय कृष्ण बहादुर किङरिङलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

कुटपिटबाट घाइते भएका किङरिङलाई उपचारको लागि मनमोहन मेमोरियल शिक्षण अस्पताल स्वयम्भू लगिएको छ भने कुटपिटमा संलग्न स्वयम्भू कारखाना चोक बस्ने २१ वर्षीय आशिष चौधरी समेत घाइते भएकोले उपचारको लागि ट्रमा सेन्टर लगिएको छ । तोडफोडबाट दुबै टयाक्सीको ढोका र शिशा फुटेर क्षति भएको छ ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Police website

0 Comments

Related Reports