Incident Reports

घाँटी रेटी सौताको हत्या, आरोपित गिरफ्तार

2019-06-23

Province 1, Udayapur, Katari, Ward 4

कटारी नगरपालिका–४ मरूवाकी २० वर्षीया लक्ष्मी राईलाई ३० वर्षीया सौता सीता राईले असार ८ गते घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ ।

३१ वर्षीय पति प्रधान राईले लक्ष्मीलाई कान्छी पत्नीको रूपमा घरमा भित्र्याएपछि जेठी पत्नी सीता अलग्गै बस्दै आएकी थिइन् ।

पतिले कान्छी पत्नी ल्याएपछि उनी मानसिक रूपमा विक्षिप्त रहेको स्थानीयलाई उद्घृत गर्दै इलाका प्रहरी कार्यालय कटारीका इन्स्पेक्टर ललनप्रसाद कुर्मीले बताए ।

‘दोस्रो विवाह गरेकै विषयमा पटक–पटक झगडा हुने गरेको रहेछ ।’–कुर्मीले भने–‘१० दिनअघि पनि सोही विषयमा झगडा भएको स्थानीयले बताएका छन् ।’

पतिको घरबाट १ सय मिटर पर बस्दै आएकी सीताले सौतालाई आफ्नै घरमा बोलाएर दिउँसो १ बजे कोही नभएको मौका छोपी तरकारी काट्ने चक्कुले घाँटी रेटेर हत्या गरेको इन्स्पेक्टर कुर्मीले जानकारी दिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय कटारीबाट पुगेको टोलीले आरोपितलाई असार ८ गते गिरफ्तार गरेको छ । शव पोष्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको छ ।


भरत खड्का

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
INSEC , Police website , Local Newspaper - Morang , Local Newspaper - Siraha

0 Comments

Related Reports