Incident Reports

भद्रपुर नगरपालिका कार्यालयमा रिमोटसहितको बम

2019-06-24

Province 1, Jhapa, Bhadrapur

भद्रपुर : झापाको भद्रपुर नगरपालिकामा प्रेसर कुकर बम भेटिएको छ । नगरपालिका कार्यालय परिसरमा एक झोलामा सोमबार बेलुका रिमोट कन्ट्रोलसहितको प्रेसर कुकर बम फेला परेको थियो । सोमबार बेलुका ८ बजे झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई गृह मन्त्रालयका सचिवले फोन गरेर नगरपालिकामा बम राखिएको भनेर जानकारी गराएपछि हल्ला भएको थियो ।

 आफूलाई खबर आएलगत्तै दाहालले जिल्ला प्रहरी कार्यालय झापालाई जानकारी गराएका थिए । जिल्लाले वडा प्रहरी कार्यालय भद्रपुरलाई जानकारी गराएपछि प्रहरीको टोली घटनास्थल पुगेर उक्त झोला देखेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

शंकास्पद झोला मेयर र उपमेयरको कार्य कक्ष चढ्ने सिढीको तल राखिएको भेटिएपछि प्रहरीले चारआलीस्थित कालीबहादुर गणलाई जानकारी गराइएको थियो । सेनाको टोली पुगी राति करिब ११ दुई पटक बिस्फोट गरेर प्रेसर कुकर बम निस्क्रिय पारेको थियो । बम निस्क्रिय पार्ने सेनाको टोलीकाअनुसार रिमोट कन्ट्रोलसहितको प्रेसर कुकरभित्र ६ वटा डेटोनेटर थिए ।

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments