Incident Reports

प्रहरी र संघीय कार्यकर्ताबीच झडप

2013-11-23

DM Chamling Rai खोटाङ । ०७० मङ्सिर ८ गते समानुपातिक तर्फको मतगणनामा आफ्नो पार्टीको प्रतिनिधिलाई समावेश नगराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विरोध प्रदर्शन गरेका संघीय समाजवादी पार्टीका कार्यकर्ता र प्रहरीबीच मङ्सिर ८ गते दिउँसो दोहोरो झडप भएको छ । झडपमा संघीय समाजवादी पार्टीका समानुपातिक उम्मेदवारद्वय ३४ वर्षीय नैनबहादुर कटवाल र ३२ वर्षीय समिता राई, जिल्ला अध्यक्ष ३६ वर्षीय सूर्यबहादुर राई, जिल्ला सचिवालय सदस्य तथा अग्रगामी विद्यार्थी युनियनका जिल्ला अध्यक्ष २९ वर्षीय निर्मल राई, क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष ३० वर्षीय सुवास राईलगायतका कार्यकर्ता घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । संविधानसभाको दोश्रो निर्वाचनको समानुपातिक तर्फका मत गणनामा आफ्नो पार्टीका प्रतिनिधि र समानुपातिक उम्मेदवारलाई मतगणनास्थलमा प्रवेश रोक लगाएको भन्दै विरोध प्रदर्शन गरेपछि दोहोरो झडप भएको थियो । आफूहरुको आन्दोलनलाई प्रहरीले दमन गरेको भन्दै यसको विरुद्ध चर्को आन्दोलन गर्ने संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष सूर्यबहादुर राईले चेतावनी दिए । यस बारेमा छलफल गर्न जिल्ला कार्यसमितिको आपतकालिन बैठक बसिरहेको उनले जानकारी दिए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports