Incident Reports

पति विरुद्ध उजुरी l

2013-11-24

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai डम्वर्खुशिवालय गाविस-२ घर भई माइती बाम्राङ गाविस-३ बस्दै आएकी २७ वर्षीया तस्बिरा राईले पति २९ वर्षीय अम्बरबहादुर राईले मार्ने धम्की दिएको आरोपमा मङ्सिर ८ गते जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कारबाहीको माग गर्दै उजुरी दिएकी छिन् । सामाजिक परम्परा अनुसार विवाह गरेपश्चात आफू ०६८ सालदेखि माइतीमा बस्दै आएको र आफूसँगै पति पनि बस्दै आएकोमा मादक पदार्थ सेवन गरी आफू र नाबालक छोरीलाई कुटपिट गर्दै मार्ने धम्की दिईरहनुले सम्मानित रुपले बाँच्न पाउने आफूहरूको मानवअधिकार हनन भएको भन्दै पीडितले उजुरी दिएकी हुन् । आफूहरूलाई पटक/पटक पतिले आक्रमण गर्ने गरेको र असुरक्षाका कारण पति विरुद्ध उजुरी दिनुपरेको पीडितले बताईन् । पीडितको उजुरीको आधारमा दुवैपक्षलाई झिकाई छलफल गराईने जिल्ला प्रहरी कार्यालय दिक्तेल मुद्दा शाखाका सही यादव गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis