2019-06-25
Province 1, Udayapur, Triyuga, Ward 12
उदयपुरका दुई मुख्य बजारमा मंगलबार बिहान दुईवटा बम फेला परेको छ । सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिका–१२ आर्दशटोल र पश्चिमी क्षेत्र कटारी नगरपालिका–३ स्थित तीर्थ श्रेष्ठको घर अगाडी बम फेला परेको हो ।
सदरमुकाममा फेला परेको सुतली बम रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले बताए । शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै नेपाली सेनाको १८ नम्बर बाहिनीको टोलीले घटनास्थल पुगी डिस्पोज गरेको एसपी बुढामगर जानकारी दिए ।
नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आहन गरेको नेपाल बन्दलाई सफल बनाउन बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । आदर्शटोलमा हरियो झोलामा करिब एक सय मिटर रातो कालो तारले बाँधेर छाडेको अवस्थामा बम फेला परेको प्रहरीले जनाएको छ ।
कटारीमा रातो झोलमा बाँधेर छाडिएको अवस्थामा रहेको शंकास्पद वस्तु सुतली बमको आशंका गरिएको छ । उक्त बस्तुलाई प्रहरीले कडा सुरक्षा दिएर घेरा हालेको छ ।
यता बन्दकाकारण उदयपुरको जनजीवन प्रभावित छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Symbolic violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Group of civilians (only Target) |
Actor 2 - Youth | na |
Total damaged Buildings | 00 |