Incident Reports

काभ्रेभीरमा भेटियो माटो र बालुवा भरिएको प्रेसर कुकर

2019-06-25

मुस्ताङ : म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा शंकास्पद प्रेसर कुकर भेटिएको छ। बेनी–जोमसोम सडकको जोखिमयुक्त निर्माणधीन काभ्रेभीरको सडक छेउमा प्रेसर कुकर र खतरा लेखिएको सेतो खाली बोरा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।

घासा प्रहरी चौकीका असई मिनप्रसाद तिमिल्सिनाका अनुसार सडक छेउ राखिएको प्रेसर कुकुर बम भएको शंकामा डिस्पोज गर्न जोमसोमस्थित बज्रदल गणको टोली घटनास्थल पुगेको थियो। तर प्रेसर कुकरमा बालुवा र माटो भेटियो। सर्वसाधारणलाई भयभीत पार्ने र सडक अवरोध गर्ने उद्देश्यले यसो गरिएको हुन सक्ने असई तिमिल्सिनाले बताए।

विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दमा लामो दूरीमा चल्ने कुनै पनि सवारी साधन नचलेको घाँसा प्रहरीले बताएको छ। मुस्ताङमा आन्तरिक यातायात भने नियमित भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments