Incident Reports

काभ्रेमा  बम आतंक

2019-06-25

काभ्रे : नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्द सफल पार्न काभ्रेका विभिन्न ठाउँमा  बम राखेर जनजीवन प्रभावित पार्ने काम भएको छ ।  बन्दको प्रभाव देखाउन विभिन्न ठाउँमा बमजस्तै देखिने शंकास्पदवस्तु राखेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले बताएका छन्। पनौती र धुलिखेलमा शंकास्पद राखिएको र नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरिसकेको छ । 

तर्साउनको लागि मात्र बियरको बोतलमा बालुवा भरेर कतै कुकरमा भुस भरेर राखेको पाइएको डिएसपी गिरीले जानकारी दिए। धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा शंकास्पद प्रेसर कुकर र बियर बोतल बम  फेला परेको पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएका छन् । धुलिखेलमा मंगलबार बिहान ३ बजे, पनौतीमा बसपार्कमा पौने ५ बजे र खोपासी जानेपुलमा ४ः५१ बजे मा नेपाली सेनाले बम डिस्पोज गरेको डिएस्पी दिपक गिरीले जानकारी दिए ।

स्थानीयले भने ठूलो आवाजले पड्किएकाले पड्काएको भन्ने आशंका गरे । प्रहरीले होक्स बम भने  काभ्रेमा बन्दका ेअसर देखिएको छ ।पसल खुलेपनि लामो दूरीका गाडी चलेका छैनन् धुलिखेल-बनेपा-काठमाडौं चल्ने बसहरु भने पातलो चलेका छन् । 

 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments