Incident Reports

संविधानसभा निर्वाचनमा धाँधलि नभएको प्रमूख आयुक्तको भनाई

2013-11-23

Bagmati, Kathmandu, Kathmandu

Ramesh Prasad Timalsina काठमाडौं । ०७० मङ्सिर ८ गते प्रमुख निर्वाच आयुक्त नीलकण्ठ उप्रेतीले संविधानसभा चुनावमा एक ठाउँमा पनि धाँधली नभएको दाबी गर्दै चुनावबारे औँलो नउठाउन एमाओवादीलाई सुझाव दिएका छन् । 'एक ठाउँमा पनि धाँधली भएको छैन, तपाईहरुले कसैलाई एउटा औँलो उठाउँदा बुद्धले भनेजस्तो चार वटा औँलाहरु आफूतिर फर्न सक्छन् भन्ने कुरा विचार गरिदिनुहोला'-मङ्सिर ८ गते निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा उप्रेतीले भने-'एउटा पनि गडगडी भएको छैन, त्यस्तो देख्नुभएको छ भने प्रमाण लिएर आउनोस् ।' एमाओवादीले चुनावमा धाँधली भएको र मतपेटिका साटफेर गरिएको आरोप लगाइरहेका बेला निर्वाचन आयोगले मङ्सिर ८ गते कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाओवादीको आरोपको खण्डन गरेको हो । प्रहरी कार्यालयमा मतपेटिका भेटिएकोबारे पत्रकारले सोधेको प्रश्नमा प्रमुख आयुक्त उप्रेतीले मतदान हुने स्थल नजिक सुरक्षा निकायकै पहलमा मतपेटिका राख्ने प्रचलन पुरानै रहेको बताए । मतपेटिकाहरु पसलमा राख्न नमिल्ने भएकाले सरकारी भवन र सुरक्षा निकायका कार्यलयहरुमै राखिने उनले प्रष्ट पारे । मतदान एवम् मतगणना कार्य गर्दाखेरि पुरानो प्रचलन अनुसार दलका प्रतिनिधिहरुकै रोहवरमा, उनीहरुलाई देखाएर र उनीहरुको हस्ताक्षरका आधारमा मात्रै गरिएको हुनाले धाँधलीको आरोप लगाउन नमिल्ने उनको भनाई छ । निर्वाचन प्रक्रियाप्रति चित्त नबुझे संविधानसभा अदालतमा उजुरी गर्ने प्रावधान रहेको उप्रेतीले सम्झाईदिएका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis