Incident Reports

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, ६ जना घाइते

2019-06-25

Sudurpashchim, Kanchanpur, Punarbas, Ward 11

पुनर्वास नपा-११ डोकेबजारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच असार १० गते झडप हुँदा ६ जना घाइते भएका छन् ।

झडपमा परी नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्याय, तरूण दलका नेता राम खड्का, नेपाली कांग्रेसका कार्यकर्ता विक्रम चन्द तथा नेकपाका कार्यकर्ताहरू बलबहादुर तामाङ, सुरेश तामाङ र गुड्डु धामी घाइते भएका छन् ।

खानेपानी मन्त्री बिना मगर बेलौरी र पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनका लागि जाने क्रममा डोकेबजारमा खानेपानी मन्त्री मगरलाई कालो झण्डा देखाउन खोज्दा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको थियो ।

घाइतेहरूको उपचार सेती अञ्चल अस्पताल, धनगढीमा भइरहेको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

कोमलनिरन्जन भाट

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Contestation between rival political parties outside elections
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation CPN (Maoist Center) and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
National/Online Media

0 Comments