Incident Reports

कालुपाण्डे मार्गमा राखेको बम सेनाले निस्क्रिय पार्‍यो

2019-06-25

Bagmati, Dhading, Siddhalek

पृथ्वीराजमार्ग र जिल्ला सदरमुकाम जोड्ने कालुपाण्डे मार्ग अन्तरग धादिङको सिद्धलेक गाउँपालिका–६ स्थित मुक्तिनाथ मन्दिरनजिकै राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ।

विप्लव समूहले आह्वान गरेको बन्दलाई सफल बनाउनका लागि र सवारी साधनलाई अवरोध पुर्‍याउने उद्देश्यले बम राखिएको हुनसक्ने प्रहरीले जनाएको छ। बिहानै तरकारी बोक्ने क्रेटमा शंकास्पद बस्तु देखिएपछि सवारी चालकले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीको गोलीबाट आफ्ना सर्लाही इन्चार्ज कुमार पौडेल मारिएको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव धादिङमा देखिएको छ।
बिहानै बाटोमा बम भेटिएपछि धादिङवेशीबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन ठप्प भएका छन्। सदरमुकामका पसलहरु बन्द छन्। शैक्षिक संघसस् बन्द गरिएका छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media

0 Comments