Incident Reports

निर्वाचनमा धाँधली नभएको डिउ नेपालको प्रतिवेदन सार्वजनिक

2013-11-22

Bagmati, Lalitpur, Lalitpur

Ramesh Prasad Timalsina ललितपुर । ०७० मङ्सिर ७ गते, लोकतन्त्र र निर्वाचन पर्यवेक्षण (डिउ नेपाल) ले संविधानसभाको निर्वाचनको मतदान र मतगणनामा एमाओवादीले जिकिर गरेजस्तो धाँधली नभएको जनाएको छ । संविधानसभा निर्वाचन पर्यवेक्षणको आफ्नो प्रारम्भिक प्रतिवेदन मङ्सिर ७ गते सार्वजनिक गर्दै समग्र मतदाता परिचयपत्रको प्रयोगले निर्वाचनमा हुन सक्ने अनियमिततालाई प्रभावकारी रूपमा घटाउन मद्दत पुर्‍याएको जनाउँदै धाँधलीको प्रमाण फेला परेमा निर्वाचन आयोगले छानबिन गर्न सक्ने बताएको छ । डिउ नेपालका उपाध्यक्ष डा गणेश गुरुङले प्रतिवेदन सार्वजनिक गर्दै भने-'निर्वाचनको परिणाम के आयो भन्दा पनि यसको प्रक्रिया कस्तो थियो भन्ने विषय महत्वपूर्ण हो, हाम्रा प्रतिनिधिले अहिलेसम्म धाँधली भएको प्रमाण फेला पारेका छैनन्, फेला परेमा आयोगले गर्ने छानबिनमा सहयोग पुर्‍याउँछौँ ।' संस्थाका महासचिव निर्मला शर्माले निर्वाचन समग्रमा शान्तिपूर्ण र निष्पक्ष भएको छ भन्दै आफ्नो संस्थाले स्वतन्त्र र निष्पक्षताका लागि गरिएको प्रतिबद्धताअनुसार नै पर्यवेक्षण गरेको बताइन् । डिउ नेपालले ६१ जिल्लाका दुई सय १६ निर्वाचन क्षेत्रमा पाँच सय दीर्घकालीन, पाँच हजार दुई सय ३९ तालिमप्राप्त पर्यवेक्षक तथा ६५ घुम्ती टोली परिचालन गरी पर्यवेक्षण गरेको जनाएको छ । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis