Incident Reports

सशस्त्र समूहका कार्यकर्ता गिरफ्तार l

2013-11-21

Madhes, Saptari, Chhinnamasta

Manohar Kumar Pokharel तर्राईमा सशस्त्र सङ्घर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समूहका कार्यकर्ता कोचाबखारी गाविस-६ लोखरम टोलका राकेश भनिने २७ वर्षीय वीरेन्द्र साह मङ्सिर ६ गते गिरफ्तार भएका छन् । प्रहरीको मोस्टवान्डेट सूचिमा रहेका साहलाई भारतीय प्रहरीले भारतको सुपौल जिल्लाको नेमुवा चौकबाट नियन्त्रणमा लिई नेपाल प्रहरीको जिम्मा लगाएको हो । गिरफ्तार भएका साहलाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय पातोको नियन्त्रणमा राखिएको छ । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis