Incident Reports

घाइतेको अवस्था स्वास्थ्य चिन्ताजनक

2013-11-24

Bagmati, Rasuwa, Kalika

Hemnath Khatiwada रसुवा । ०७० मङ्सिर ९ गते, संविधानसभा निर्वाचनको क्रममा मङ्सिर २ गते राती ११ बजे एमाओवादी कार्यकर्ताको आक्रमणमा गम्भीर घाइते भएका धैबुङ्ग गाविस-९ जिविजिवेका ६४ वर्षीय नेकपा एमाले धैबुङ्ग गाउँ कमिटी अध्यक्ष चिरन्जिवी पौडेलको अवस्था स्वास्थ्य चिन्ताजनक भएको छ । आफ्नै घरमै बसिरहेका पौडेल लगायत पाँच जनामाथि एमाओवादीद्वारा आक्रमण भएको थियो । स्थानीय अर्जुनप्रसाद पौडेल, चिरन्जिवीका छोरा सानु पौडेल, ५० वर्षीय, देवप्रसाद पौडेल र ४८ वर्षीय नेत्रप्रसाद पौडेललाई एमाओवादी कार्यकर्ताहरूले घरमा सुतिरहेको अवस्थामा आक्रमण गरेका थिए । घटनाको उचित छानबिन गरी दोषी उपर कारबाही माग गर्दै स्थानीय नारायण देवकोटा र अर्जुन देवकोटा सहित २५ जना एमाओवादी कार्यकर्ता बिरुद्ध किटानी जाहेरी दिए पनि हालसम्म प्रहरीले कसैलाई कारबाही नगरेको नेकपा एमालेले जनाएको छ । रड, खुकुरी, भाला लिएर ३० /३५ जनाको सङ्ख्यामा आएका एमाओवादी कार्यकर्ताले पीडितहरूलाई घरमा बसिरहेको अवस्थामा कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका चिरन्जिवीको राजधानीको बसुन्धारा स्थित ग्रिन सिटी अस्पतालमा आईसियुमा उपचार भईरहेको घाइतेका छोरा सानु पौडेलले बताए । अर्का घाइते अर्जुनको हात भाँचिको छ अन्य तीन जना सामान्य उपचारपछि घर फर्केका छन् । चार जनाको नुवाकोट पञ्चकन्या सामुदायिक अस्पतालमा उपचार भएको थियो । हेमनाथ खतिवडा

0 Comments

Related Reports