Incident Reports

नेपाली काङ्ग्रेसको विजय जुलुशमा बालबालिकाको प्रयोग

2013-11-23

Bagmati, Lalitpur, Lalitpur

Rameshprasad timalsina ललितपुर । ०७० मङ्सिर ८ गते क्षेत्र नं १ मा प्रत्यक्ष तर्फनेपाली काङ्ग्रेसबाट विजय भएका उदय शम्सेर जबराको विजय जुलुशमा मङ्सिर ८ गते बालबालिकाको प्रयोग गरिएको छ । बालबालिकाहरुले विजय जुलुशमा नेपाली काङ्ग्रेसको झण्डा र चुनाव चिन्ह बोकेर नारा लगाउँदै हिँडेका थिए । निर्वाचन आचारसंहिता २०७० को बुँदा नं ३२ मा बालबालिकालाई आमसभा, बैठक वा भेलामा सहभागी गराउन तथा चुनावी प्रचार प्रसार र अन्य निर्वाचनसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न गराउन नहुने उल्लेख छ । नेपालको अन्तरिम संविधान २०६३, बालअधिकार सम्बन्धि महासन्धी १९८९, बालबालिका सम्बन्धी ऐन २०४८ बालश्रम -नियमन र निषेध गर्ने) ऐन २०५६ लगाएतका ऐनहरुमा समेत कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग गर्न नपाईने व्यवस्था छ । नेपाली काङ्ग्रेसका स्थानीय नेताहरुले भने बालबालिकाहरु आफू खुसी विजय जुलुशमा सहभागी भएको प्रतिक्रिया दिएका छन् । रमेशप्रसाद तिमल्सिना

0 Comments

Related Reports
Related Trend Analysis