Incident Reports

पत्नीलाई तातो पानीले जलाउने प्रयास, घाइतेको उपचार हुँदै

2019-06-28

Province 1, Sunsari, Duhabi, Ward 7

दुहवी नगरपालिका–७ स्थित भलुवाकी २५ वर्षीया बिमला चौधरीलाई उनका पति शिवकुमार चौधरीले जलाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

पीडित महिलालाई आरोपितले असार १३ गते साँझ घरायसी विवादमा कुटपिट गर्नुकासाथै तातो पानीमा हालेर जलाउने प्रयास गरेको पीडितले बताइन् ।

घटनाको विषयमा थाहा पाएपछि दुहवी नपा–७ का वडाध्यक्ष बिजयकुमार चौधरीले महिलालाई तत्कालै उद्धार गरेर दुहवीस्थित सुनसरी सामुदायिक अस्पतालमा उपचार गर्नका लागि भर्ना गराएको बताए ।

कराइको तातो पानीले महिलाको पछाडीको भाग जलेकोले आरोपितलाई कारवाहीको दायरामा ल्याउने तयारी गरेको दुहवी नगरपालिकाका प्रवक्ता समेत रहेका चौधरीले बताए ।

घटनाको बारेमा कुनै जानकारी प्राप्त नभएको इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर रामनारायण माझीले बताए ।


जयकृष्ण यादव

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Total Raped 1
INSEC

0 Comments